१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २१ बुधबार ०७:३९:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउन खुकुलो बनाउन नेपाल समुद्रपार निकासी-पैठारी संघको माग

Read Time : < 1 मिनेट
२०७७ जेठ २१ बुधबार ०७:३९:००

आयात-निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी–पैठारी संघले लकडाउन खुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न दिन माग गरेको छ । संघले लम्बिँदो लकडाउनका कारण अर्थतन्त्र र जनजीवनमा थेग्नै नसक्ने चाप परेको भन्दै यसलाई खुकुलो बनाउन माग गरेको हो ।

स्वास्थ्य क्षेत्रको पूर्वाधारमा नेपालजस्तै कमजोर रहेको भियतनामले लामो लकडाउनविनै पनि कोरोना भाइरसको संक्रमण विस्तार रोक्न सफल भएको संघले उदाहरण दिएको छ । त्यस्तै, मोडल र होसियारी अपनाएर व्यापार, व्यवसाय र आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने संघको मान्यता रहेको जनाइएको छ ।

तीव्र गतिमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट वा अरू प्रभावकारी विकल्प खोजेर आमनेपालीका लागि कोरोना भाइरसभन्दा बढी घातक बन्न सक्ने लकडाउन खुकुलो बनाउनुपर्ने धारणा संघले अघि सारेको छ । 

लम्बिँदो लकडाउनले ज्याला मजदुरी गर्ने लाखौँको रोजीरोटी खोसेको संघले जिकिर गरेको छ । स्वरोजगारमूलक व्यवसाय सञ्चालक तथा रोजगारीका अवसर सिर्जना र राजस्वमा ठूलो योगदान गरेका साना तथा मझौला उद्यमी टाट पल्टिने अवस्थामा पुगेको संघले जनाएको छ ।