१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
रासस काठमाडौं
२०७७ जेठ २० मंगलबार २२:२६:००
Read Time : < 1 मिनेट
समाचार

अभिनेत्री मनीषा कोइराला नेपालमा

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ जेठ २० मंगलबार २२:२६:००

चलचित्र अभिनेत्री मनीषा कोइराला रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । 

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले  अभिनेत्री कोइराला र  उनको परिवारको  स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने,  ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ, तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’ 

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले  सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको, तर उनीहरू काठमाडौं प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे । 

नेपाल–भारत सीमा विवाद चलेका वेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् ।