मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ २० मंगलबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार

चितवनका स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
२०७७ जेठ २० मंगलबार १७:०१:००

चितवनका स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी)मा चिकित्सकमाथि हातपात भएको घटनाको विरोधस्वरूप उनीहरूले सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । गत १४ जेठमा एनएमसीमा उपचाररत ६४ वर्षीया महिलाको मृत्यु भएपछि मृतककी छोरीले उपचारमा संलग्न एक चिकित्सकलाई उपचारमा लापरबाही गरेको आरोप लगाउँदै हातपात गरेकी थिइन् ।

विज्ञप्तिमा जुनियर डाक्टर कम्युनिटीका डा. निर्देश पोख्रेल र रुविन श्रेष्ठ, नेपाल मेडिकल एसोसिएसनका डा. सुजन न्यौपाने र नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन चितवनका अध्यक्ष आविष्कार चापागाईंले हस्ताक्षर गरेका छन् । उनीहरूले ड्युटीमा रहेका चिकित्सकलाई हातपात गर्नेलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले कोभिड–१९ को महामारी फैलिरहेको वेला अग्रपंक्तिमा रहेर निरन्तर खटिरहेका स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरेको छ । यसको हामी भर्त्सना गर्दछौँ ।’ उनीहरूले घटनाको निन्दा गर्दै अस्पतालको सेवा प्रवाहमा भने कुनै असर नपर्ने गरी सांकेतिक रूपमा विरोध गर्ने जनाएका छन् ।