मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २० मंगलबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार

अरब सागरमा नयाँ चक्रवात विकास हुँदै, नेपालमा पनि वर्षा र हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २० मंगलबार १६:०९:००

अंपुन चक्रवातको प्रभाव हटेको एक साता नबित्दै नेपालमा अर्को चक्रवातको प्रभावले वर्षाको सम्भावना देखिएकाे  मौसमविद्ले बताएका छन्। 

दक्षिणपूर्वी अरब सागरमा निर्माण भएको न्यूनचापीय प्रणाली उत्तरतर्फ सर्दै गएकाले त्यसको असर नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

‘अरब सागरमा निर्माण भएको न्यूनचापीय प्रणाली विकसित हुँदै बुधबारबाट चक्रवातको रूपमा जमिनमा प्रवेश गर्दै छ,’ महाशाखाकी मौसमविद् मञ्जु वासीले नयाँ पत्रिकासँग भनिन्, ‘बिहीबारबाट त्यसको प्रभाव नेपालमा पनि सुरु हुने देखिन्छ। यसको असर शनिबारसम्म नेपालमा रहने अनुमान गरेका छौँ।’ 

चक्रवातको सामान्य असर नेपालमा मंगलबार रातिदेखि नै सुरु हुने उनले बताइन्। ‘यो चक्रवातको असरले देशैभरि सामान्यदेखि मध्यम खालको वर्षा हुन्छ। हावाहुरी र असिनापानीसहित चट्याङ पर्न सक्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ,’ वासीले भनिन्। 

केही दिनअघि बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो। 

मौसमविद्का अनुसार अरब सागरमा निर्माण भइरहेको चक्रवातको अहिलेसम्मको अवस्थालाई हेर्दा त्यो भारतको गोहा हुँदै नेपालतर्फ अघि बढ्ने देखिन्छ। 

‘यो चक्रवातको सामान्य प्रभाव मात्रै नेपालमा पर्ने हो,’ मौसमविद वासीले भनिन्, ‘नेपालमा सामान्य वर्षा र हावाहुरी आउन सक्छ।’ शनिबार साँझबाट भने मौसममा सुधार हुने उनले बताइन्।