मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:२८:००
Read Time : < 1 मिनेट
समाचार

लोकसेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन पिसिआर रिपोर्ट बुझाउनुपर्ने (सूचनासहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:२८:००

लोकसेवा आयोगले अन्तर्वार्ताको सूचीमा रहेका उम्मेदवारहरूले अन्तर्वार्तामा सहभागी हुनुअघि कोरोना संक्रमण भए–नभएको पिसिआर विधिबाट परीक्षण गरेको रिपोर्ट आयोगमा बुझाउन भनेको छ । 

आयोगले म‌ंगलबार एक सूचना निकालेर विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सोसहरका प्राविधिक र अप्राविधिक पदका विज्ञापनहरूमा द्वितीय चरणका परीक्षा एवं अन्तर्वार्तामा सहभागी हुनेहरूलाई रिपोर्ट अनिवार्य चाहिने जनाएको हो ।

सूचनामा काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा कामविशेषले लकडाउन अवधिमा उपत्यकाबाहिर गई आएका उम्मेदवारहरूले अन्तर्वार्ताअगावै कोरोनाको पिसिआर परीक्षण गराई त्यसको सक्कल रिपोर्ट आयोगको अन्तर्वार्ता तथा सिफरिस शाखामा अनिवार्य बुझाउन भनिएको छ । 

हेर्नुहाेस लाेकसेवा आयाेगकाे सूचना :-