मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ २० मंगलबार १२:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

मदिरापानपछि भएको सामान्य विवादमा साथीको हत्या 

Read Time : < 1 मिनेट
२०७७ जेठ २० मंगलबार १२:५०:००

मदिरापानपछि भएको सामान्य विवादमा सुनसरीको इटहरी उपमहानगरपालिका– २० तरहराका २८ वर्षीय रादन राई (राजन)को साथीहरूले नै हत्या गरेका छन् ।

तरहरास्थित एकता चोकमा आइतबार राति कानेपोखरी गाउँपालिका– ५ जहदा घर भई तरहरा बस्दै आएका २० वर्षीय प्रज्ज्वल तामाङ, इटहरी– २० तरहराका २३ वर्षीय अभिषेक पौडेल र १९ वर्षीय अभिषेक केसीले बाटो छेकेर आफ्नै साथी रादन राईको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सँगै बसेर खानपान गरेका साथीहरूले नै सामान्य विवादमा छुरा प्रहार गरेपछि गम्भीर घाइते भएका रादनको आइतबार राति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको थियो । हत्या गरेर फरार भएका तीनैजनालाई प्रदेश १ को विशेष अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले हिजो सोमबार पक्राउ गरेको थियो ।

पक्राउ परेका २० वर्षीय प्रज्ज्वल तामाङ कक्षा १२ मा, १९ वर्षीय अभिषेक गिरी कक्षा ११ मा र २३ वर्षीय अभिषेक पौडेल कक्षा १२ मा अध्ययनरत थिए । परिवारसहित बेलायतमा बस्दै आएका राई लकडाउनका कारण तरहरास्थित घरमै बस्दै आएका थिए ।

आइतबार राति सवा नौ बजेतिर अमित घिमिरेको घरमा राई र प्रज्ज्वल तामाङबीच खानपानका क्रममा जिस्कँदा सामान्य विवाद भएको थियो । सोही निहुँमा राति १० बजेतिर बाटो ढुकेर प्रज्ज्वल र उनका साथीहरूले रादनलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।