१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फोटो
२०७७ जेठ १९ सोमबार २२:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लकडाउनमा पास लिएर होटेलमा जुवा, कमलादीबाट नौ व्यापारी पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ १९ सोमबार २२:२०:००

लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका नौ व्यापारी पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

होटेल सञ्चालक भारतीय निक्की जोगाईसहितलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको  महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालले बताए । उनका अनुसार पक्राउ पर्नेहरूमा नन्दकिशोर शर्मा, पुरुषोत्तमकुमार अग्रवाल, विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया र अशोककुमार अग्रवाल छन् । 

उनीसँग दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ ।

डिएसपी दाहाल भन्छन्, ‘क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्छ ।’ उनीहरूमध्ये एकजनासँग लकडाउनमा गाडी चलाउने पाससमेत फेला परेको डिएसपी दाहालले बताए ।  होटेल सञ्चालक निक्कीले लकडाउनमा पनि होटेलमा जुवा खेलाउँदै आएको खुलेको छ ।