मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ १९ सोमबार १९:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

१० पार्टीले भने– एमसिसी इन्डाेप्यासिफिक रणनीतिअन्तर्गत होइन भन्ने सरकारको दाबी निराधार र हास्यास्पद

Read Time : > 1 मिनेट
२०७७ जेठ १९ सोमबार १९:३०:००

 १० राजनीतिक पार्टीले एमसिसी इन्डाेप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दाबी निराधार र हास्यास्पद भएको दाबी गरेका छन् । उनीहरूले संयुक्त वक्तव्य जारी गरेर एमसिसीले नेपाललाई अमेरिकाको सैन्य अखडामा बदल्न सक्ने चेतावनी दिएका छन् ।

संयुक्त वक्तव्य जस्ताको तस्तै

१. हामी तलका राजनीतिक पार्टीहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा बृहत्तर राष्ट्रिय हितका विरुद्ध भएको ठहर गर्दै त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

२. एमसिसी अमेरिकाको इन्डाेप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो । त्यो कुरालाई स्वयं अमेरिकाका विभिन्न सुरक्षा निकाय, मन्त्री तथा काठमाडौंस्थित अमेरिकी दूतावासले पनि सार्वजनिक रूपमा नै स्वीकार गरिसकेका छन् ।

३. त्यो अवस्थामा उक्त एमसिसी इन्डाेप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दाबी निराधार र हास्यास्पद छ ।

४. एमसिसीको उद्देश्य हिन्द प्रशान्त क्षेत्रका सबै देशहरूलाई आफ्नो सैन्य रणनीतिका पक्षमा लैजाने र चीनका विरुद्धको मोर्चाबन्दीमा ती सबै देशहरूलाई सामेल गर्ने हो ।

५. उक्त एमसिसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकाको सैन्य रणनीतिको अंग बन्न पुग्नेछ ।

६. त्यसरी एमसिसीले नेपाललाई अमेरिकाको सैन्य अखडामा बदल्न सक्नेछ ।

७. त्यसैले हामीले एमसिसीको कडा विरोध गर्दै त्यसलाई खारेज गर्नका लागि माग गर्दछौँ र जनतासित त्यसका विरुद्ध देशव्यापी रूपमा आवाज उठाउन अपिल गर्दछौँ ।

१. मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा. (मसाल)
२. मोहन वैद्य (किरण), महासचिव, ने.क.पा. (क्रान्तिकारी–माओवादी)
३. सिपी मैनाली, महासचिव, ने.क.पा. (माले)
४. चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५. सी.पी. गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६. लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिस्ट पार्टी
७. गोपाल किराती, अध्यक्ष, ने.क.पा. (माओवादी केन्द्र)
८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
९. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद, नेपाल
१०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)