१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार १९:२६:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता, बजेटपछि मुलुकको परिस्थितिलगायत विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार १९:२६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली सोमबार बिहान शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले बजेटपछि मुलुकको परिस्थिति, संसदमा टेबल भएको संविधान संशोधनसम्बन्धी विधेयक, कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासलगायतका विषयमा ब्रिफिङ गरेका छन् । ‘प्रधानमन्त्रीले नियमित शिष्टाचार भेट गर्नुभएको हो, त्यस क्रममा प्रधानमन्त्रीले बजेटपछिको परिस्थिति, संविधान संशोधनलगायतका विषयमा राष्ट्रपतिलाई अवगत गराउनुभएको छ,’ प्रधानमन्त्रीका एक सल्लाहकारले नयाँ पत्रिका भने ।

सरकारले कोभिड–१९ नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेपछि राष्ट्रपतिलाई प्रधानमन्त्रीले भेटेका हुन् । तर, भेटवार्तामा त्यसबारे कुराकानी भएको–नभएको विषयमा कुनै जानकारी नभएको ती सल्लाहकारले बताए । 

प्रधानमन्त्री ओली र इजरायलका प्रधानमन्त्रीबीच टेलिफाेन संवाद
यसैबीच नेपाल–इजरायल दौत्य सम्बन्धको ६०औँ वर्षगाँठका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका छन् । सो क्रममा शुभकामना आदान–प्रदान भएको जनाइएको छ । 
साथै द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने, उच्चस्तरीय भ्रमण आदान–प्रदान गर्ने र कृषि तथा स्वास्थ्य क्षेत्रमा इजरायलको प्रविधि नेपाल भित्र्याउनेबारेमा पनि कुराकानी भएको थियो ।