मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार १५:२८:००
Read Time : < 1 मिनेट
समाचार

एमसिसी अहिलेको बजेटमा प्रवेश गरेको होइन, तीन वर्षदेखि बजेटमै छ : अर्थमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार १५:२८:००

अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना, एमसिसी अहिले मात्रै बजेटमा प्रवेश गरेको नभई विगत तीन वर्षदेखि निरन्तर आइरहेको बताएका छन् । 

बजेटबारे सांसदहरूले राखेको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा सोमबार प्रतिनिधिसभामा उनले भने, ‘एमसिसीको सहयोगमा हामीले बजेटमा गत तीन वर्षदेखि नै निरन्तर केही कार्यक्रमहरू गर्दै आएका छौँ । आगामी वर्षको बजेटमा पनि त्यो कार्यक्रम राखिएको छ ।’

एमसिसीको रकम संसदमा विचाराधीन रहेकाले सम्झौतापत्र संसद्ले अनुमोदन गरेपछि मात्रै निकासा हुने पनि उनले जानकारी गराए । 

त्यो नगरुन्जेल यो रकम यथावत् नै रहने उनको भनाइ थियो । 

‘यसबारे सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकारको नीति तथा कार्यक्रमको छलफलमा उठेको प्रश्नको जवाफ दिँदा यथेष्ट मात्रामा जवाफ दिइसक्नुभएको छ,’ उनले भने ।