मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार १४:२३:००
Read Time : < 1 मिनेट
प्रविधि

वेबसाइट र एपका लागि आइटी विभागले तोक्यो सुरक्षा निर्देशिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार १४:२३:००

पछिल्लो समय नेपालमा वेबसाइट ह्याकिङका घटना बढेका छन् । 

यससँगै आइटी विभागले वेबसाइट एवं मोबाइल एपको सुरक्षाका लागि केही सजगता अपनाउन निर्देशिका जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभाग (डिओआइटी) ले सबै निकायलाई सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

केही दिनअघि नेपाल पुस्तकालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्य केही संस्थाका वेबसाइटमा समस्या आएको थियो । 

यसबाहेक अन्य समयमा पनि  नेपालमा साइबर आक्रमणका घटनाहरू बढ्दै गएका छन् ।

त्यसकारण सुरक्षाका लागि विभागले १३बुँदे सुरक्षा सजगता जारी गरेको हो ।

विभागले वेबसाइटका फाइलहरूलाई वेलावेला ब्याकअप राख्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक फाइल, डाटाबेस र एप्लिकेसनलाई हटाउनसमेत निर्देशन दिइएको छ ।

सुरक्षाका लागि वेबसाइटमा एसएसएलको प्रयोग गर्न पनि विभागले आग्रह गरेको छ । 

वेबसाइटको युजर नेम र पासवर्ड पनि बलियो बनाएर प्रयोग गर्न आग्रह गरेको छ ।

हेर्नुहोस् आईटी विभागको सुरक्षा निर्देशिका :-