मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७७ जेठ १९ सोमबार १२:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कर्णाली प्रदेशमा बढ्यो कोरोना संक्रमणको ग्राफ, ३२ जना नयाँ संक्रमित थपिए

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ जेठ १९ सोमबार १२:४८:००

कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । 

प्रदेश अस्पताल र पशुपक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १७ जना, सल्यानका १० जना र सुर्खेतका पाँचजनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

नयाँ संक्रमित थपिएसँगै कर्णाली प्रदेश एक सय ९८ जनामा कोरोना संक्रमण भएको प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले बताए ।