मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १९ सोमबार १२:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोनामाथि विजय : भीम अस्पतालमा उपचार गराएका २५ जना कोरोना संक्रमित निको भई घर फर्के 

Read Time : < 1 मिनेट
२०७७ जेठ १९ सोमबार १२:३०:००

भैरहवाकाे भीम अस्पतालमा उपचार गराइरहेका २५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

उनीहरूलाई सोमबार सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभासद सन्तोष पाण्डे तथा अस्पतालका स्वास्थ्यकर्मीहरूले बिदाइ गरेका छन् । 

निको भएर डिस्चार्ज हुनेहरूमा चार र आठ वर्षीय दुई बालिका पनि छन् । 

रुपन्देहीको गैडहवा गाउँपालिकाका दशजना, कपिलवस्तुका पाँच, लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार, नवलपरासीका तीन, भारतीय नागरिक एक, सिद्धार्थनगर नगरपालिकाका एक र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एकजना डिस्चार्ज भएको अस्पतालका सूचना अधिकृत गोपाल उपाध्यायले जानकारी दिए ।

अस्पतालमा आउँदा केही चिन्तितजस्ताे देखिएका उनीहरूले आत्मबल बढाउदै लगेको र हाल पूर्ण रूपमा निको भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए । 

‘हामीले उहाँहरूलाई ढुक्क हुने वातावरण बनायौँ,' उनले भने, 'अस्पतालमा भर्ना भएका सबै संक्रमित निको भएर घर जानुभएको छ ।’  

आफूलाई अस्पतालबाट हुने सबै सुविधा रहेको र अस्पतालमा रहँदासम्म कुनै समस्या नभएको गैडहवा गाउँपालिकाका कोरोना संक्रमित एक युवाले प्रतिक्रिया दिए । 

उनको परिवारका ६ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरू सबै भारतको नयाँदिल्लीबाट दुई महिनाअघि नेपाल आएका थिए ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले निको भएर जानेहरूलाई शुभकामना दिँदै गाउँमा गएर कोरोना संक्रमणबारे जनचेतना फैलाउन आग्रह गरे ।