मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार ११:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रमुख प्रतिपक्षी दल कांग्रेसको माग : ‘रुकुम घटना छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति बनाइयोस्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार ११:५४:००

सरकारले कर्मचारीहरूको समिति बनाएर रुकुम घटनाको छानबिन गरिरहेको आफूलाई मान्य नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दलित सांसदको नेतृत्वमा संसदीय समिति बनाउनुपर्ने माग उठाएको छ ।

सोमबार संसद् सुरु हुनेबित्तिकै उठेर कांग्रेस सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए । 

त्यसपछि सभामुखले कांग्रेस सांसद मानबहादुर विकलाई बोल्न समय दिएका थिए । 

विकले भने, ‘गृहमन्त्रीले नदीमा हामफाले भन्नुभएको छ । तर, पोष्टमार्टम गर्दा उनीहरूको पेटमा पानी थिएन । यसको कारण के हो ?, उनीहरूलाई मारिएको हो भन्ने कुरा थाहा भयो । उक्त घटना छानबिन गर्न साधारण कर्मचारीको समिति बनाइएको छ । त्यसले न्याय दिन सक्दैन । त्यो हामीलाई मान्य छैन । त्यो घटना फितलो बनाउन आर्थिक अपचलन भएको छ भन्ने रिपोर्ट पाइरहेका छौँ । नेपाली कांग्रेसले त्यसलाई निन्दा गर्दै संसदीय समिति बनाउनुपर्ने हाम्रो माग छ । दलित सांसदको नेतृत्वमा समिति गठन होस् ।’