मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार ०६:५१:००
Read Time : < 1 मिनेट
अर्थ

निर्माण सामग्री विक्रेताद्वारा राहत प्याकेज माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार ०६:५१:००

नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले कोभिड–१९ का कारण भएको बन्दाबन्दीले व्यवसायमा समस्या परेको भन्दै सरकारसमक्ष विभिन्न प्रकारका माग राखेको छ । संघले पसलको घरभाडा, कर्मचारीको तलब, बैंक ऋणको भारले समस्यामा परेको भन्दै विभिन्न १२ वटा माग राखेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई बुझाएको मागपत्रमा बैंकबाट लिएको ऋणको ब्याज बन्दाबन्दी अवधिभरका लागि मिनाहा गर्न माग गरिएको छ । त्यस्तै, बैंकबाट लिएको कर्जाको न्यूनतम २५ प्रतिशत पुनर्कर्जा, प्रतीतपत्रमा दिइएको ब्याजको समयसीमा बढाउनुपर्ने, घरबहाल कर र आयकरको दर घटाउनुपर्नेजस्ता माग संघले राखेको छ । 

त्यस्तै, बन्दाबन्दी अवधिभरको व्यवसायी फर्मको कर्मचारीको तलब ५० प्रतिशत सरकारले व्यहोर्नुपर्ने माग पनि गरिएको संघका अध्यक्ष अच्युतम कटुवालले बताए । उपत्यकाभर २ हजार ५ सयभन्दा बढी निर्माण सामग्री बिक्री केन्द्र रहेका र ६० हजारले रोजगारी पाएको क्षेत्रमा सरकारले यति सहयोग गर्नुपर्छ ।

सिमेन्टजस्ता बिग्रिन सक्ने सामग्री बिक्री–वितरण गर्न सहजता उपलब्ध गराउनुपर्ने र संघले जारी गरेको परिचयपत्रलाई पासका रूपमा स्विकार्न पनि माग गरिएको उनको भनाइ छ । व्यापारिक फर्महरू नवीकरण गर्न अप्ठ्यारो परेकाले यस समयको जरिवाना नलिन आग्रह गरिएको अध्यक्ष कटुवालले जानकारी दिए ।