मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १९ सोमबार ११:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग

कलाकार ठकुरीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १९ सोमबार ११:३३:००

कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार निधन भएको छ । आठ वर्षदेखि पक्षाघातबाट थलिएका उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको हो ।

‘जीवन रेखा’बाट अभिनययात्रा थालेका ठकुरीले ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’, ‘भागी भागी नजाऊ’लगायत एक सयभन्दा बढी चलचित्रमा उनले अभिनय गरेका छन् । यस्तै, सन् १९८६ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘पञ्चवटी’ र पाकिस्तानी चलचित्रमा ‘फणी’मा पनि उनको अभिनय छ ।

निर्देशक सम्झना उप्रेती रौनियारले कलाकार ठकुरीको निधनले आफू मर्माहत भएको र नेपाली चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको बताइन् । यस्तै, कलाकार दीपाश्री निरौलाले पनि उनीप्रति श्रद्धासुमन अर्पण गरेकी छिन् । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि गरिएको छ ।