Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
१२ जनाको ज्यान जानेगरी भएको दुर्घटना स्थल
२०७७ जेठ १९ सोमबार १०:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो, घाइते २१ मध्ये चारकाे अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०७७ जेठ १९ सोमबार १०:४५:००

बाँकेको राप्ती सोनारीमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्। 

दुर्घटनामा घाइते २२ मध्ये एकजनाको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या १२ पुगेको हो।

आइतबार राति भएको दुर्घटनामा ज्यान गुमाउने कसैको पनि सनाखत हुन नसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्वाङले जानकारी दिए। । घाइते २१ मध्ये १० जनाको परिचय खुलेको छ। बाँके प्रहरीका अनुसार घाइते हुनेमा सल्यानको शिद्ध कुमाख गाउँपालिकाका धेरै छन्। 

घाइतेमध्ये शिद्ध कुमाख- ४ का लोकेश घर्ती, जितबहादुर बुढा र निमबहादुर बादी, शिद्ध कुमाख- ५ का तेजबहादुर बुढाथोकी, धनबहादुर बोहरा, ज्ञानबहादुर बोहरा र दीपेन्द्र बुढाथोकीको परिचय खुलेको छ । यस्तै सल्यानको शारदा नगरपालिका- ६ की टीका चलाउने, सल्यानकै बनगाड कुपिन्डे नगरपालिका- ६ का मीनराज विक र शिव डाँगीको परिचय खुलेको छ। 

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बाँकेका सिडिओ कुरुम्वाङले जानकारी दिए। भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना.५ख ५९९५ को फोर्स गाडी राप्ती सोनारी– २ मा दुर्घटना भएको हो। 

यात्रु सवार गाडी ठुरिया जंगलमा रोकिराखेको बा.४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको सिडिओ कुरुम्वाङको भनाइ छ।