मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार ०६:४९:००
Read Time : < 1 मिनेट
अर्थ

क्रिएसन र कोकाकोलाद्वारा दोस्रो चरणको राहत वितरण

सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टमार्फत देशभर ३२ सय सफाइकर्मीलाई राहत वितरण गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार ०६:४९:००

क्रिएसन नेपालले द कोकाकोला फाउन्डेसनको सहयोगमा आयोजना गरेको राहत वितरणको दोस्रो चरण सम्पन्न गरेकोे छ । टोलीले सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको हिस्साअन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानमा राहत वितरण गरेको जनाएको छ ।

टोलीले भक्तपुर र काठमाडौंका करिब १ सय ६० जना सफाइकर्मीलाई रक्षात्मक जमसुट र रासन प्याकेज वितरण गरेको थियो । भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारलगायतको सहकार्यमा राहत वितरण गरिएको थियो । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा काठमाडौंका सफाइ क्षेत्रमा कार्यरतलाई दोस्रो चरणको राहत वितरण गरिएको थियो । 

साथै, कम्पनीले कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानीलकण्ठलगायत विभिन्न क्षेत्रका सफाइकर्मीहरूलाई रक्षात्मक जमसुट, मास्क, बुटसहित २ सय ५२ भन्दा बढी रासन प्याकेज र १ सय ७५ रक्षात्मक सामग्रीहरू प्रदान गरेको जनाएको छ । कम्पनीले बेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसिएटिभ र नेप्सेम्याकहरूको सहयोगमा राहत वितरण गरेको जनाएको छ । 

कम्पनीले २ जेठदेखि सञ्चालन गरेको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टमार्फत हालसम्म १ हजार १ सयभन्दा बढी सफाइकर्मी लाभान्वित भएको बताइएको छ । कार्यक्रममार्फत नेपालभरका ३ हजार २ सय सफाइकर्मीलाई लाभ पु¥याउने लक्ष्य राखिएको बताइएको छ । 

जारी परियोजनाले समुदायको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्नेबारेमा क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रको भनाइ छ । कोकाकोला फाउन्डेसनको सहयोगमा जारी कार्यक्रमले सफाइ क्षेत्रमा कार्यरतको जीवनमा परिवर्तन ल्याउन सक्ने उनको दाबी छ ।

काेकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी सबै अग्रपंक्तिका सफाइकर्मीलाई आभार प्रकट गर्छाैँ । हामी सबै सफाइकर्मीका साथमा छौँ र क्रिएसनसँगको यो संयुक्त पहलको माध्यमबाट हामी सफाइकर्मी समुदायको जीविकोपार्जन सुधार्दै स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्छौँ ।’