१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:५५:००
Read Time : < 1 मिनेट
अर्थ

जनता बैंकको भिसा कार्डबाट अनलाइन भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:५५:००

जनता बैंकले आफ्ना ग्राहकलाई इन्टरनेटमार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको सुरुवात गरेको छ । बैंकले समयअनुरूप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल र भारतका विभिन्न अनलाइन स्टोरबाट समान खरिद गर्दा भुक्तानी गर्न सक्ने सेवा ल्याएको हो । 

यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्नेछन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने बैंकले जनाएको छ । उक्त सेवा लिनका लागि ग्राहकसँग बैंकको डेबिट वा क्रेडिट हुनुपर्नेछ । यस सेवाबापत थप शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ  ।

यसका साथै बैंकले विदेशका विश्वविद्यालय÷कलेजसँग सम्बन्धित विभिन्न शुल्कहरू सम्बन्धित विश्वविद्यालय÷कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत सुरुवात गरेको जनाएको छ ।