सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २६ शुक्रबार
  • Friday, 10 July, 2020
डेबिड जर्गेन
२०७७ जेठ १९ सोमबार १०:२९:००
दृष्टिकोण

ट्रम्पको गैरजिम्मेवारीले हामी थप दुःखी भएका छौँ

कहाँ छन् अहिलेका हाम्रा ‘शोक-प्रमुख’ ? यिनी आफ्नो जिम्मेवारीबाट पन्छिँदा हामीलाई थप दुःखबोध भइरहेको छ ।

डेबिड जर्गेन
२०७७ जेठ १९ सोमबार १०:२९:००
?>

गत साता अमेरिकामा एकपछि अर्को दुःखान्त देखियो । कोभिड-१९ को मृतक संख्या एक लाख नाघ्यो भने मिन्नेपोलिसमा भएको जर्ज फ्लोडको हत्याविरुद्ध न्यायका निम्ति यत्रतत्र प्रदर्शन गरियो । मिन्नेपोलिसमा थप सात प्रदर्शनकारी प्रहरीको गोलीबाट मारिए । तर, हाम्रा राष्ट्रपतिलाई ट्विटरमा हङकङ मामिलामा चीनलाई दोष लगाएर बस्न र महामारीविरुद्ध अमेरिकालाई महत्वपूर्ण सहयात्री सम्झिने विश्व स्वास्थ्य संगठनसँगको हाम्रो सुमधुर सम्बन्ध बिगार्दै ठिक्क छ । 

त्यति मात्र होइन, राष्ट्रपति ट्रम्पले मिन्नेपोलिस घटनाको विषयमा विवादास्पद जातिवादी ट्विट दिन पनि भ्याइसकेका छन् । महामारीले अहिले वृद्धवृद्धा तथा गैरश्वेत र सीमान्तकृत अत्यधिक मात्रामा मारिइरहेका छन् । यस विषयमा राष्ट्रपति मौन छन् । अहिलेसम्मको राष्ट्रपतीय इतिहासमा नदेखिएको यस्ता गम्भीर विषयमाथिको राष्ट्रपतिको मौनताले हामीलाई निःशब्द पार्दै सोचमग्न बनाएको छ ।

सुरुवाती दिनदेखि अहिलेसम्म संकटको समयमा अमेरिकी राष्ट्रपति हाम्रो रक्षामा उत्रन्थे । जर्ज वासिंटनले सन् १७७६ मा कन्टिनेन्टल आर्मीको सेनाध्यक्षका रूपमा शपथ लिँदा इथन एलनका भाइ लेभीले उनलाई ‘हाम्रो राजनीतिक पिता तथा महान् जनताका प्रमुख’ भन्दै चिठी लेखेका थिए । उनले युद्ध, संविधान निर्माण तथा राष्ट्रपतिको दुई कार्यकालको नेतृत्व लिएका थिए । राष्ट्रपतिको नेतृत्व कस्तो हुनुपर्छ भन्ने रोलमोडल स्थापित गरेका थिए । 

अघिल्ला राष्ट्रपतिले हामीलाई एउटै धागोमा उनेर एकता कायम गर्ने अवसर पाएका थिए र त्यसको सदुपयोग पनि गरेका थिए।

त्यस्तै लिंकन अप्रत्यासित रूपमा सत्तामा आएका थिए, सन् १८६० मा इतिहासकै कमजोर ३९ प्रतिशत मतले राष्ट्रपति भएका थिए भने उनको सैन्य पृष्ठभूमि पनि शून्य थियो । तर, उनले युनियनका सिपाहीसँग आत्मीय सम्बन्ध स्थापना गरेका थिए, धेरैले त उनलाई ‘फादर अब्राहम’को संज्ञा दिएका थिए । त्यसैगरी, सुरु–सुरुमा रुजवेल्टलाई आत्मकेन्द्रित भएको आरोप लागेको थियो । तर, बिस्तारै उनले आफैँलाई सहृदयी नेतामा रूपान्तरण गरेका थिए । उनको कार्यकालमा धेरै अश्वेतले ह्वाइट हाउसलाई आफ्नो साथीका रूपमा पाएका थिए।

इतिहासकारहरू वासिंटन, लिंकन र रुजवेल्टलाई आदर्श राष्ट्रपतिका रूपमा लिन्छन्, जसले आमअमेरिकीका हितमा काम गरेका थिए र एउटा मापदण्ड निर्धारण गरेका थिए । 
वर्तमान समयमा अधिकांश अमेरिकीसँग सौहार्दपूर्ण सम्बन्ध बनाउन जुनसुकै राष्ट्रपतिलाई पनि गाह्रो छ । हामी एकदमै विभाजित छौँ र नराम्रो कुराको धेरै प्रचार–प्रसार हुन्छ । यति हुँदाहुँदै पनि अघिल्ला राष्ट्रपतिले हामीलाई एउटै धागोमा उनेर एकता कायम गर्ने अवसर पाएका थिए र त्यसको सदुपयोग पनि गरेका थिए । यसैले तिनको राष्ट्रपतीय क्षमता परिभाषित गरेको थियो । जुनसुकै वयस्क अमेरिकीलाई सोधे हुन्छ, पछिल्ला राष्ट्रपतिसँग तिनको भावनात्मक सम्बन्ध बनाउने दुई­–चार घटना तिनले सजिलै बताइदिन्छन् ।

सन् १९८६ को अन्तरिक्ष यान विस्फोट भएको दृश्य अझै ताजै लाग्छ । घन्टौँसम्म टेलिभिजनले अर्थहीन तवरबाट यही दृश्य मात्र देखाइरहेका थिए । तर, जब रोनाल्ड रेगनले आममानिसको भावनालाई बुझ्दै सम्बोधन गरे, टेलिभिजनका पर्दा पनि ज्यान गुमाएका अन्तरिक्षयात्रीले हात हल्लाएर बिदा माग्दै गरेका फोटोले भरिए । उनीहरू पनि रेगनझैँ नायकका रूपमा स्थापित भए ।

बिल क्लिन्टनले पनि सन् १९९५ मा जब ओक्लाहामा सिटीको फेडरल भवनमा बम विस्फोट भयो, त्यहाँ गएर भावनात्मक सम्बोधन गरेका थिए । कम्तीमा यसले मारिएका आमअमेरिकीको मृत्युलाई पनि सार्थकता मिलेको थियो । सिंगो मुलुकले एक भएर शोक व्यक्त गरेको थियो । जर्ज डब्लु बुसले वल्र्ड ट्रेड सेन्टरको हमलापछि तहस–नहस भएको प्रहरीको गाडीमाथि उभिएर गरेको सम्बोधन कम्तीको थिएन । सुरुमै कसैले उनले बोलेको नसुनेको बतायो । प्रत्युत्तरमा हातेमाइक समाउँदै बुसले भने, ‘तर म तपाईंलाई सुन्दै छु, बाँकी विश्वले तपाईंलाई सुन्नेछ र चाँडै नै यो भवनका हमलाकारीले पनि हामीलाई सुन्नेछन् ।’ 

अनि बन्दुकमोहमा फसेको मुलुकमा बन्दुकधारीको अन्धाधुन्ध गोलीबाट मारिएका बालबालिकाको चिहानमा पटक–पटक पुगेका बाराक ओबामाको स्मृति पनि ताजै छ । दुई रिपब्लिक रेगन र बुस तथा दुई डेमोक्र््याट क्लिटन र ओबामा केही क्षणलाई भए पनि हाम्रो ‘शोकका पनि प्रमुख’ भएका थिए, पीडाको जिम्मा लिएका थिए । हामी को हौँ भन्ने आत्मबोध गराएका थिए । कहाँ छन् अहिलेका हाम्रा ‘शोक–प्रमुख’ ? यिनी आफ्नो जिम्मेवारीबाट पन्छिँदा हामीलाई थप दुःखबोध भइरहेको छ ।

(जर्गेन चार अमेरिकी राष्ट्रपतिका पूर्वसल्लाहकार एवं सिएनएनका वरिष्ठ राजनीतिक विश्लेषक हुन्)
सिएनएनबाट