मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १९ सोमबार ०८:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालगन्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १९ सोमबार ०८:०५:००

नेपालगन्जबाट सल्यान आउँदै गरेको फोर्स गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना  घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना.५ख ५९९५ को साे गाडी राप्ती सोनारी– २ मा दुर्घटना भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृतकको केहीबेरमा सनाखत हुँदै छ । गाडीमा सल्यानको छत्रेश्वरी र बागचौरका धेरै भएकाे बताइएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।