Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गगन अयडी काठमाडाैं
करण ताम्राकार करन ताम्राकार
२०७७ जेठ १९ सोमबार ०५:२५:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुग्यो

Read Time : > 2 मिनेट
गगन अयडी, काठमाडाैं
करण ताम्राकार, करन ताम्राकार
२०७७ जेठ १९ सोमबार ०५:२५:००

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएसँगै यो संख्या आठ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिकाको कोभिडले मृत्यु भएको जानकारी दिए ।

आठ दिनअघि आमाबाबुसँगै भारतबाट आएकी उनलाई ज्वरो, श्वासप्रश्वासको समस्या र पखाला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै, शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

प्रवक्ता डा. देवकोटाका अनुसार नेपालमा अहिलेसम्म एक हजार पाँच सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये दुई सय २० जना उपचारपछि घर फर्किएका छन् । आइतबार थप एक सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

अहिलेसम्म आरटी–पिसिआर परीक्षण ६९ हजार पाँच सय ८७ जनाको र आरडिटी परीक्षण एक लाख ११ हजार एक सय नौजनाको भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार तीन सय ४४ संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा छन् । आइतबारसम्म एक लाख १९ हजार एक सय ९२ जना क्वारेन्टाइनमा छन् । संक्रमित हुनेहरू महिलाभन्दा पुरुष बढी देखिएका छन् । संक्रमितमध्ये आठ प्रतिशत महिला र ९२ प्रतिशत पुरुष संक्रमित छन् । 

बाजुरामा कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु

कोरोना भाइरसकोे संक्रमणबाट बाजुरामा दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको छ । मृत्यु भएपछि मात्रै कोरोना संक्रमणको पुष्टि भएको छ । आमाबुबासँगै आठ दिनअघि भारतबाट आएकी उनलाई बाजुराको बुढीगंगा नगरपालिका– १ धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उनी क्वारेन्टाइनमै बिरामी भएकी थिइन् । ज्वरो, पखालासँगै श्वासप्रश्वासमा समस्या भएको थियो । उनको अवस्था गम्भीर भएपछि १५ जेठ साँझ सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको थियो । 

त्यही साँझदेखि आइसोलेसनमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ । ‘अस्पताल ल्याउँदासम्म बच्चाको अवस्था निकै चिन्ताजनक थियो, सक्दो प्रयास गरेका हौँ । बचाउन सकेनौँ,’ जिल्ला अस्पतालका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने । उनका आमाबुबालाई पनि जिल्ला अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ । 

उनको तीन दिनअघि स्वाब संकलन गरेर धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । मृत्यु भएपछि आइतबार दिउँसो आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनकी २३ वर्षीया आमालाई पनि कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । उनका बुबालाई भने कोरोना संक्रमण देखिएको छैन । 

डडेल्धुरामा क्वारेन्टाइनमै बालकको मृत्यु

डडेल्धुरा सदरमुकामनजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका साढे ६ वर्षीय बालकको मृत्यु भएको छ । उनको आइतबार बिहान ३ बजे अस्पताल पु-याउन नपाउँदै मृत्यु भएको हो । 

आमाबाबुसँगै भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै आएका उनी शनिबार साँझ डडेल्धुरा पुगेका थिए । राति १२ बजे डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताए । आइतबार बिहान उनीहरूलाई गाउँकै नवदुर्गा गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा राख्ने गरी पठाउने तयारी थियो । 

तर, बिरामी भएका उनलाई अस्पताल पु-याउन नपाउँदै आइतबार बिहानै मृत्यु भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बताए । ‘बिहान ३ बजे अस्पताल ल्याउनुभएको थियो । अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको रहेछ, अस्पतालमा पुग्दा सास दिएन,’ डा. विष्टले भने । उनलाई मलेरिया रोग लागेको र मुम्बईमै उपचार गरिएको आफन्तले बताएका छन् । 

कोरोना संक्रमण भएको आशंकामा परीक्षणका लागि स्वाब निकालेर धनगढीस्थित प्रादेशिक प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि मात्रै शव के गर्ने भन्ने यकिन हुने जनाएको छ । उनको शव डडेल्धुरा अस्पतालमै राखिएको छ । 

उमेरअनुसार संक्रमित
०-१०            ४२
११-२०            ३३३
२१-३०            ५९९
३१-४०            ३६६
४१-५०            १६०
५१-६०            ४८
६१-७०            १८
७१-८०            ५
 ८०+               १