अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । गत १४ जेठमा अस्पतालमा उपचाररत एक वृद्धाको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकलाई हातपात गरेका थिए । घटनामा अस्पताल प्रशासनले स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुको साटो उल्टै प्रमाण नष्ट गरेको भन्दै उनीहरू चार दिनदेखि आन्दोलनमा छन् ।
तस्बिर : दीपेन्द्र ढुंगाना