१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्दै गरेका नेपाली  ।
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १८ आइतबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार

गड्डाचौकी नाकाबाट एक सातामा करिब १८ हजार नेपाली भित्रिए

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ १८ आइतबार १७:३९:००

कञ्चनपुरको गड्डाचौकी नाकाबाट पछिल्लो एक सातामा करिब १८ हजार  नेपाली भित्रिएका छन् भने हजारभन्दा बढी भारतीय बाहिरिएका छन् । स्थानीय प्रशासनले १२ जेठमा भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न नाका खुला गरेपछि आवतजावत बढेको हो ।

सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार १२ देखि १८ जेठसम्ममा १७ हजार नौ सय २० भित्रिएका छन् भने एक हजार तीन सय ७७ भारतीय बाहिरिएका छन् । १२ जेठमा एकै दिन दुई हजार ६ सय ३६ भित्रिएका थिए भने १३ जेठमा ६ सय ९४ भित्रिएको सशस्त्र प्रहरीको भनाइ छ ।

यस्तै १४ जेठमा एक हजार पाँच सय ८६, १५ जेठमा दुई हजार चार सय पाँच, १६ जेठमा दुई हजार सात सय ८८, १७ जेठमा तीन हजार सात सय ५२ र १८ जेठमा तीन हजार ५८ भित्रिएका छन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहुले भारतबाट नेपाल आएकाको स्वास्थ्य परीक्षण गरेर सम्बन्धित पालिका वा जिल्लामा पठाइएको बताए । उनले भने, ‘ज्वरो बढी देखिए आरडिटी परीक्षण गर्ने र सो क्रममा पोजेटिभ आए पिसिआर गर्छौं । तर, अहिलेसम्म कसैको पनि आरडिटी परीक्षण गर्नुपरेको छैन ।’