मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार १६:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाका प्रवक्ता श्रेष्ठ भन्छन्- बजेटले समाजमुखी विकासको ढाँचालाई आत्मसात् गर्न सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार १६:४३:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात् गर्न नसकेको बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा श्रेष्ठले विश्व कोरोना महामारीसँग जुधिरहेको वेला आएको बजेटले कोराेनाको प्रभाव र आर्थिक जीवनमा पर्ने प्रभावका विषयमा राहत ल्याउन नसकेको बताएका हुन् । उनले भने, ‘हामीले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचाअनुरूप अगाडि बढ्ने कुरालाई प्रस्ट आत्मसात् गरी अगाडि बढ्ने प्रस्टता हासिल गर्नुपर्थ्याे, त्यो हुन सकेन ।’

तत्कालको परिस्थितिलाई सम्बोधन गरे पनि यसबाट प्राप्त हुने अवसरका लागि भिजन र कमिटमेन्ट नरहेको श्रेष्ठको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटले रोजगारी सिर्जना र कृषि क्षेत्रलाई केन्द्रमा राख्न नसकेको पनि उनको आरोप छ । स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरू आए पनि जनस्वास्थ्यको विषयमा स्पष्ट उल्लेख नहनु दुःखद भएको उनले बताए ।

स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम कटौती गर्न नसकेकोमा पनि उनको गुनासो रहेको छ । उनले भने, ‘चलनचल्तीको भाषामा सांसद विकास कोष भनिने कार्यक्रम अहिलेको संकटको समयमा कटौती गरेर प्राथमिकताको क्षेत्रमा लगानी गर्न सक्नुपर्थ्याे ।’