मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस/पिटिआई नयाँदिल्ली
२०७७ जेठ १८ आइतबार १५:४८:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा कोरोना संक्रमितकाे संख्या एक लाख ८२ हजार पुग्याे, ८७ हजार निकाे भए

Read Time : < 1 मिनेट
रासस/पिटिआई नयाँदिल्ली
२०७७ जेठ १८ आइतबार १५:४८:००

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेहरूको दैनिक संख्यामा वृद्धि हुँदै गएको छ । 

पछिल्लो २४ घन्टामा भारतमा आठ हजार तीन सय ८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार एक सय ४३ पुगेको अधिकारीहरूले जनाएका छन् । 

त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरूको कुल संख्या पाँच हजार एक सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा ८६ हजार नाै सय ८३ जना सङ्क्रमणबाट निको भएका छन् । 

'तथ्यांकलाई विश्लेषण गर्दा कुल सङ्क्रमितमध्ये ४७.७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्,' एक जना सरकारी उच्च अधिकारीले भने ।  

कुल सङ्क्रमितको संख्यामा विदेशीको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौँ नेपाली पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप एक सय ९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

मध्यप्रदेश र राजस्थानमा नौ–नौ जना, पश्चिम बंगालमा सातजना, तमिलनाडु र तेलंगानामा ६–६ जना, बिहारमा पाँचजना, उत्तर प्रदेशमा तीनजना, पञ्जावमा दुईजना, हरियाणा र केरलामा एक–एकजनाको कोरोनाका कारण पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।