मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १८ आइतबार १३:०२:००
Read Time : < 1 मिनेट
समाचार

दैलेखमा कोरोना रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार १३:०२:००

कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमित बढ्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सकसहितको टोली पठाएको छ ।

प्रतिष्ठानले दैलेखमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै आइतबार बिहान कम्तीमा एक महिनासम्मका लागि चिकित्सकसहितको टोली पठाएको हो । कोरोना संक्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन तथा जनस्वास्थ्य स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोली दैलेख पठाएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

प्रतिष्ठानले डा. दिनेश शाही, डा. रोज्निम प्रधान, जनस्वास्थ्यविज्ञहरू प्रेम पन्त, निशान्त लामा, प्रतिमा न्यौपानेसहितको टोली दैलेख पठाएको उनले बताए । रजिस्ट्रार काफ्लेले भने, ‘टोलीले स्वास्थ्य सेवा कार्यालय दैलेखले आवश्यकताका आधारमा खटाएको स्थानमा पुगेर कोरोना संक्रमितको उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।

दैलेखको दुल्लु नगरपालिका– ११ खागितडाका ३५ वर्षीय युवाको शनिबार बिहान कोरोनाका कारण क्वारेन्टाइनमै मृत्यु भएपछि स्थानीय थप त्रसित बनेका छन् । नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाइनमा बसेका ती युवकको समयमै कोरोना परीक्षण र उपचार नपाउँदा मृत्यु भएको बताइएको छ । कर्णाली प्रदेशको दैलेख जिल्लामा सबैभन्दा पहिले कोरोना संक्रमित भेटिएको थियो ।