मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १८ आइतबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार

नेपाली भूमिमा भारतले उद्घाटन गरेको सडकमा गाडी चलाउन दिनुहुँदैन : विरोध खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १८ आइतबार १२:४३:००

सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले दार्चुलाको लिपुलेक क्षेत्रमा भारतले खनेको बाटोमा गाडी चलाउन दिन नहुने बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले नेपाली भूमिमा भारतले खनेको सडकमा कुनै पनि हालतमा यातायात सञ्चालन गर्न नदिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘त्यहाँ यातायात सञ्चालनको तयारी भइरहेको छ,’ खतिवडाले भने, ‘त्यहाँ कुनै पनि हालतमा हामीले भारतलाई यातायातका साधन  सञ्चालन गर्न दिनुहुँदैन। भारतले जुन सडक उद्घाटन गऱ्यो, अब त्यहाँ यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यहाँ अब होटेल, लजहरू खुल्छन्। त्यहाँँ कुनै पनि हालतमा भारत सरकारको रोड परमिट लिएर यातायात चल्नुहुँदैन।’

भारतसँग वार्ता गर्नुअघि नै नेपाली भूमिमा खनिएको सडकमा यातायात सञ्चालनमा रोक लगाउनुपर्नेमा उनले जोड दिए।