मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १८ आइतबार १२:२२:००
Read Time : < 1 मिनेट
समाचार

दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार १२:२२:००

स्कुटर दुर्घटनामा परी घाइते भएकी मोरङको सुन्दरहरैँचा नगरपालिका– ९ की ४० वर्षीया अनिता न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ।  

लकडाउनले समस्यामा परेका विपन्न नागरिकलाई राहत बाँडेर फर्कंदै गर्दा गएको २७ वैशाखमा उनी सुन्दरहरैँचा नगरपालिका– १० मा दुर्घटनामा परेर घाइते भएकी थिइन्। 

नेकपा नगर कमिटी सदस्य न्यौपाने सवार को.३१प ३११७ नम्बरको स्कुटर र प्रदेश १–०२–००२ ह ८५२ नम्बरको सिटसफारी आपसमा ठोक्किँदा न्यौपाने घाइते भएकी हुन्। 

उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा शनिबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। दुर्घटनापछि सिटसफारी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।