मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ जेठ १८ आइतबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेन्टाइनमा बालकको मृत्यु, स्वाब परीक्षण हुन बाँकी

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ जेठ १८ आइतबार १०:४५:००

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका– ३ का साढे ६ वर्षीय बालकको शनिबार राति क्वारेन्टाइनमै मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राति १२ बजेतिर जिल्ला सदरमुकामनजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालककाे मृत्यु भएको हो। 

आमाबाबुसँगै उनी केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा आएका थिए। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बालकलाई अस्पताल पुऱ्याउनुअघि नै मृत्यु भएको जानकारी दिए। बालकलाई आइतबार बिहान ३ बजे अस्पताल पुऱ्याइएको थियो।

‘बिहान अभिभावकले अस्पताल ल्याउनुभएको थियो,’ विष्टले भने, ‘तर, बालककाे  अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो।’ बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको डा. विष्टले बताए। यसअघि उनलाई मुम्बईमा रहेको एक अस्पतालमा उपचार गरिएको थियो।

बालकको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। कोरोना परीक्षणका लागि बालकको आइतबारै थ्रोट स्वाब संकलन गरिने विष्टले बताए।