१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १८ आइतबार ०९:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

‘वर्क फ्रम होम’मा संगठित टिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १८ आइतबार ०९:१६:००

लकडाउनसँगै ‘वर्क फ्रम होम’ संस्कृति सुरु भएसँगै विभिन्न संस्था भर्चुअल रूपमा सञ्चालन भइरहेका छन् । कार्यालय नगई वा प्रत्यक्ष भेटघाटविनै प्रविधिको सहारामा कामलाई सहज बनाउन चुनौतीपूर्ण हुन्छ । कतिपय छलफल र समस्या प्रत्यक्ष भेटघाटबाट मात्रै सुल्झाउन सकिन्छ । त्यसैले, भर्चुअल तरिका अपनाउँदा सहज नहुन सक्छ । यस्तोवेलामा संस्था र टिमलाई संगठित तथा मजबुत राख्न अझ आवश्यक छ ।

एकताको सूत्रमा बाँधिने

व्यापार-व्यवसाय ठप्प रहेकाले सबैक्षेत्र आर्थिक मन्दीमा छन् । त्यसैले विषम परिस्थितिबाट बाहिरिन संस्थागत साथ र सहयोग नै सबैभन्दा ठूलो उपाय हो । संस्थाभित्र वैमनस्यता तथा प्रतिस्पर्धी भावना त्यागेर मिलीजुली काम गर्न आवश्यक छ ।

भर्चुअल बैठक

यतिवेला संसारभर भर्चुअल बैठक र सेमिनारको लहर चलेको छ । कोभिड-१९ को महामारीले सिर्जना गरेका समस्या समाधानमा यस्ता बैठक र सेमिनारहरू प्रभावकारी देखिएका छन् । र, तिनले संस्थागत एकता पनि मजबुत बनाइराख्छन् । विभिन्न एपहरूमार्फत भर्चुअल बैठक गर्दै समस्याहरूको समाधान खोज्न सकिन्छ।

भावी योजनामा जुट्ने

स्टार्ट-अप मात्र नभई ठूलो व्यवसाय सम्हालिरहेकाहरू पनि अहिले आर्थिक समस्यामा छन् । त्यसैले कोभिड-१९ पछिको परिस्थिति आकलन गर्दै व्यापार, व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेबारे भावी योजना तयार पार्न थाल्नु आवश्यक छ । हरेक व्यक्तिका विचार सुन्ने र छलफलमा राख्न सके लकडाउनपछि व्यापार, व्यसायमा फर्किन सहज हुन्छ ।

प्रतिक्रियात्मक छलफल

अप्ठ्यारो समयमा टिमलाई एकतामा बाँध्न उनीहरूको विचारलाई स्थान दिनु आवश्यक हुन्छ । लकडाउनको कठिनाइका बाबजुद अहिले धेरै संस्था आफूलाई टिकाइराख्न प्रयासरत छन् । संस्थाले गरिरहेका क्रियाकलापमा सबैसँग प्रतिक्रिया लिन सकिन्छ । संस्थाले विगतमा चालेका सकारात्मक र नकारात्मक तथा भविष्यमा आवश्यक कदममा विचार–विमर्श गर्नु आवश्यक हुन्छ ।