१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १७ शनिबार २१:३७:००
Read Time : < 1 मिनेट
समाचार

रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६२औं पटक रक्तदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १७ शनिबार २१:३७:००

स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६२औं पटक रक्तदान गरेका छन् । काठमाडौं महानगरपालिका–२८ स्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलमा शुक्रबार आयोजित कार्यक्रममा उनले १६२औं पटक रक्तदान गरेका हुन् । 

कार्यक्रममा कामपा–२८ वडाध्यक्ष भाइराम खड्गी ‘प्रकाश’ ले कर्माचार्यलाई सार्वजनिक अभिनन्दन समेत गरेका थिए । सो अवसरमा लकडाउनका बाबजुद पनि  ५० जनाले रक्तदान गरेका थिए । बिद्यालयका प्रधानाध्यापक सूर्य राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदातालाई एक जोर पञ्जा, एक एक थान स्यानिटाइजर, मास्क र साबुन बितरण रिएको थियो ।