मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फोटो : अमुल थापा
२०७७ जेठ १७ शनिबार १८:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव 

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १८:०३:००

कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव प्रस्तुत भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ भन्ने प्रस्ताव पेस भएको हो । 

प्रस्तावमाथि छलफल भई शनिबार नै निर्णय हुने कांग्रेसले जनाएको छ । 

बैठकमा सभापति शेरबहादुर देउवाले नेपालको नयाँ नक्सासँग सम्बन्धित विषयमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका थिए ।