१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ जेठ १७ शनिबार १५:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

अहिलेसम्म कोरोनामुक्त रहेको संखुवासभाका दुईजनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ जेठ १७ शनिबार १५:५३:००

अहिलेसम्म कोरोनामुक्त रहेको संखुवासभाका दुईजनामा संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर तुम्लिङटारस्थित क्वारेन्टाइनमा रहेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खाँदबारीका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत बिहीबार भारतको सुनौली नाका हुँदै सातजनाको समूहमा आएका खाँदबारी नगरपालिका– ७ का २३ वर्षीय पुरुष र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित दुवैलाई आइसोलेसनमा राखेर उपचार गराउन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय खाँदबारीले जनाएको छ । जिल्लाका १० स्थानीय तहले एक सय ८२ बेडको क्वारेन्टाइन निर्माण गरेका छन् ।

अहिले ती क्वारेन्टाइनमा ३० जना महिला र एक सय चारजना पुरुष बसिरहेका छन् । त्यस्तै, पाँचजना महिला र १४ जना पुरुष होम क्वारेन्टाइनमा छन् । अहिलेसम्म जिल्लाका चार महिला र २४ पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।