१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १७ शनिबार १४:०७:००
Read Time : < 1 मिनेट
समाचार

अझै १५ प्रतिशत पुस्तक छाप्न बाँकी

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १४:०७:००

लकडाउनकै बीचमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक छपाइको कामलाई निरन्तरता दिएको छ। 

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) को प्रभाव पाठ्यपुस्तक छपाइमा परे पनि काम भने निरन्तर भइरहेको केन्द्रका सूचना अधिकारी चित्र आचार्यले जानकारी दिए।

‘कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन,’ उनले भने, ‘अघिल्लो वर्षको बिक्रीदरअनुसार छपाइको काम सकिए पनि यो वर्ष झन्डै दुई करोड पुस्तक छाप्ने लक्ष्यअनुसार छपाइको काम भइरहेको छ।’

यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाइ गर्ने लक्ष्य केन्द्रको छ। लक्ष्यअनुसार अझै १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको आचार्यले बताए। ‘कक्षा ६, ७ र ८ का पुस्तक छपाइको काम बाँकी छ,’ आचार्यले भने।

जनक शिक्षाले अहिले दैनिक एक लाख २५ हजार पुस्तक छपाइ गर्दै आएको छ। आगामी १५ दिनभित्रमा सम्पूर्ण छपाइको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने गरी काम भइरहेको आचार्यले बताए। 

जनक शिक्षाले कक्षा पाँचदेखि १० सम्मका पाठ्यपुस्तक छपाइको काम गर्दै आएको छ। कक्षा एकदेखि चारसम्मको पाठ्यपुस्तक छपाइएको जिम्मा भने सरकारले निजी क्षेत्रलाई दिएको छ।