१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकुमार श्रेष्ठ
२०७७ जेठ १७ शनिबार १३:१३:००
Read Time : < 1 मिनेट
समाचार

नवलपरासीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ
२०७७ जेठ १७ शनिबार १३:१३:००

पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एकजनाको निधन भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– १५ गोपीगञ्जस्थित नारायण चोकनजिक भित्री सडकमा ट्याक्टरले मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । 

तीनजना सवार लु.५७प १२८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको थियो । ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलचालक बर्दघाट– १५ पृथ्वी बस्ती बस्ने २४ वर्षीय अनुभव चमारको उपचारका लागि वुटवल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका उनको अस्पताल पुऱ्याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

यस्तै मोटरसाइकलको पछाडि बस्ने सोही स्थानका विवेक विश्वकर्मा र कन्है केवट घाइते भएका छन् । 

उनीहरूको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिएर फरार भएको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।