मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १७ शनिबार ११:५४:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना प्रभावित सय परिवारलाई वेलफेयर सोसाइटीको राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १७ शनिबार ११:५४:००

नेपाली वेलफेयर सोसाइटी युकेले कोरोना संक्रमण प्रभावित नेपालका चार जिल्लाका एक सय विपन्न परिवारलाई राहत सहयोग गरेको छ। 

लकडाउनका कारण रोजिरोटी गुमेपछि समस्यामा परेका परिवारलाई सोसाइटीले प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, तेल एक लिटर र एक पोका नुन उपलब्ध गराएको हो। 

विपतका वेला राज्यले समेत सबैलाई सहयोग उपलब्ध गराउन नसकिरहेका वेला राहत सहयोग गरिएको सोसाइटीका सचिव शमशेर नेपालीले जानकारी दिए।

कोरोना संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्केका २० घरधुरी र बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ८ का २० परिवारलाई राहत सामग्री उपलब्ध गराइएको नेपालीले बताए । ‘विश्वमा नै खाद्यसंकट आइपर्ने अवस्था छ, यहाँका श्रमजीवी र गरिब दलितहरू झनै समस्यामा परेका छन्, त्यसैले प्रभावित क्षेत्रमै पुगेर राहत उपलब्ध गराएका छौँ,’ उनले भने। 

सोसाइटीले चितवनको भरतपुर महानगरपालिकाका २९, घैलाघारीका २० र स्याङ्जाको पुतलीबजार नगरपालिका– १७ का ४० परिवारलाई पनि राहत सामग्री उपलब्ध गराएको छ। सोसाइटीले दुई लाख ४८ हजार रुपैयाँबराबरको राहत वितरण गरेको सचिव नेपालीले जानकारी दिए।