मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १७ शनिबार ११:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार ११:४२:००

प्रहरीमाथि आक्रमण गरेको आरोपमा रौतहटमा एकजना वडाध्यक्ष पक्राउ परेका छन्। गुजरा नगरपालिका– ४ का वडाध्यक्ष पवनराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

भारतका विभिन्न सहरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने विषयमा वडाध्यक्ष गिरी र उपमेयर रौसन खातुन शेखबीच विवाद भएको छ। गुजरामा भारतका विभिन्न ठाउँबाट ७८ जना नागरिक आएका छन्।

उपमेयर खातुनले उनीहरूलाई सिम्राभवानीपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडाध्यक्ष गिरीले मावि कनकपुरको क्वारेन्टाइनमा राख्नुपर्ने अडान लिएका थिए। त्यसक्रममा दुई पक्षबीच विवाद भएको थियो।

भारतबाट आएका ७८ जनालाई शुक्रबार साँझ सिम्राभवानीपुरस्थित क्वारेन्टाइनमा लैजाने क्रममा उपमेयर शेख र वडाध्यक्ष गिरीबीच भनाभन हुँदा प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

प्रहरीले सम्झाइबुझाई गर्न खोज्दा वडाध्यक्ष गिरी पक्षका मानिसले प्रहरी टोलीमाथि ढुंगामुढा गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए। 

प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले वडाध्यक्ष गिरीलाई पक्राउ गरेको हो। आक्रमणमा परी इन्स्पेक्टर साहको देब्रे हातमा चोट लागेको छ। ढुंगाले लाग्दा साहको मोबाइलसमेत फुटेको प्रवक्ता श्रेष्ठले बताए।