मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १७ शनिबार १०:४८:००
Read Time : < 1 मिनेट
समाचार

दैलेखमा क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १०:४८:००

दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ। दुल्लु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। 

उनी १० दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। दुल्लु नगरपालिकाले उनीसहितको समूहलाई भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर दैलेख ल्याएको थियो।

क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरेर परीक्षणका लागि तीन दिनअघि नै सुर्खेत पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट नआएको दैलेख अस्पतालकी डा. पूजा बिसीले जानकारी दिइन्। 

‘स्वाब परीक्षणको रिपोर्ट शनिबार साँझसम्म आउँछ होला,’ उनले भनिन्, ‘प्रारम्भिक लक्षण हेर्दा उहाँको मृत्यु हृदयाघातबाट भएको अनुमान हामीले गरेका छौँ।’ 

शनिबार बिहान चिया खाएर साथीहरूसँग कुराकानी गर्दै गर्दा उनी एक्कासि बेहोस भएर ढलेका सँगै बसेकाहरूले बताएका छन्।