१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १६ शुक्रबार २२:५२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोनाबाट ६ को मृत्यु, १२ सयभन्दा बढी संक्रमित, यस्तो छ प्रदेशगत अवस्था

Read Time : > 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार २२:५२:००

देशभर कोरोना संक्रमितको संख्या एक हजार दुई सय १२ पुग्दा ६ जनाको मृत्यु भएको छ । भारतबाट नेपाल फर्किने क्रममा १० जेठमा बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना भारइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतकको ११ जेठमा कोरोना जाँचका लागि नमुना लिइएको थियो । भैरहवास्थित प्रयोगशालाले बिहीबार नै उनको रिपोर्ट दिएको भए पनि स्वास्थ्य मन्त्रालयले शुक्रबार मात्रै औपचारिक जानकारी दिएको हो ।

शुक्रबार मात्रै देशभर एक सय ७० जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो एक सातायता परीक्षणको दायरा बढेसँगै संक्रमित पनि दैनिक सयभन्दा बढी फेला पर्न थालेका छन् । शुक्रबार साँझसम्म देशभर संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा संक्रमण भएर उपचार गराइरहेका १९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको भएर फर्किनेको संख्या दुई सय ६ पुगेको छ । अहिलेसम्म देशभर ६४ हजार एक सय ५४ नमुनाको पिसिआर विधिबाट परीक्षण भएको छ । त्यस्तै, आरडिटी विधिबाट एक लाख ५४ हजार ७८ नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका क्वारेन्टाइनमा ९९ हजार तीन सय ३६ जना छन् । 

कुन प्रदेशमा कस्तो अवस्था ?
प्रदेश १
संक्रमित – १५७
मृत्यु – ०
आइसोलेसनमा – १२७
डिस्चार्ज – ३०
क्वारेन्टाइनमा  – २,७४७

प्रदेश २
संक्रमित – ४९०
मृत्यु – १
आइसोलेसनमा – ३८७
डिस्चार्ज – १०२
क्वारेन्टाइनमा – १६,६७८

बागमती प्रदेश
संक्रमित – ४४
मृत्यु – २
आइसोलेसनमा – २२
डिस्चार्ज – २०
क्वारेन्टाइनमा – १,९५४

गण्डकी प्रदेश 
संक्रमित – २०
मृत्यु – ०
आइसोलेसनमा – १८
डिस्चार्ज – २
क्वारेन्टाइनमा – २,८१४

प्रदेश ५
संक्रमित – ४३३
मृत्यु – ३
आइसोलेसनमा – ३८३
डिस्चार्ज – ४७
क्वारेन्टाइनमा – ३२,३७३

कर्णाली प्रदेश 
संक्रमित – ४७
मृत्यु – ०
आइसोलेसनमा – ४७
डिस्चार्ज – ०
क्वारेन्टाइनमा – १७,००५

सुदूरपश्चिम प्रदेश 
संक्रमित – २१
मृत्यु – ०
आइसोलेसनमा – १६
डिस्चार्ज – ५
क्वारेन्टाइनमा – २५,७६५