Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १६ शुक्रबार २०:१९:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल पुनर्बिमाको सेयर डिम्याट खातामा जम्मा, कारोबार भने नेप्से खुलेपछि

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार २०:१९:००

नेपाल पुनर्बिमा कम्पनीले आइपिओ सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले शुक्रबार सेयरधनीहरूको खातामा सेयर जम्मा गरेको जानकारी दिए ।

उनले सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई सेयर जम्मा गर्न आदेश दिएपछि जम्मा भएको बताए ।  उनका अनुसार धेरै ठूलो फाइल भएकाले धेरैजसो लगानीकर्ताहरूको खातामा शुक्रबार नै सेयर जम्मा गरेको र बाँकीको पनि जम्मा हुँदै जानेछ । 

कम्पनीले यसै साता नेप्सेमार्फत सेयर सूचीकरण गर्ने जानकारी दिएको थियो । क्यापिटलका अनुसार नेप्सेले एनआरआइसी स्टक संकेत दिएकाले अब सेयर बजार खुल्नेबित्तिकै कारोबार गर्न सकिनेछ ।  

कम्पनीले लकडाउनबीचै चैत २६ गते सर्वसाधारणलाई आइपिओ बाँडफाँड गरेको थियो । यस्तो विषम परिस्थितिमा पनि कम्पनीले लगानीकर्ताहरूको रकम बन्धक नगर्न सेयर बाँडफाँड गरेको बताएको छ ।  

कम्पनीले गत ४ देखि ७ चैतसम्म रु. १ अर्ब ६० करोडको आइपिओ सर्वसाधारणलाई बिक्री गरेको थियो । सरकारी स्वामित्वमा रहेको यस कम्पनीको मूल्य भने नेटवर्थको आधारमा पाउँछ ।  कम्पनीको प्रतिसेयर नेटवर्थ  १५९ दशमलव ५६ रहेको छ । नेप्सेले नेटवर्थको तीन गुणासम्मको मूल्य रेन्ज तोक्न सक्ने व्यवस्था छ ।