१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ १६ शुक्रबार १७:५१:००
Read Time : < 1 मिनेट
विश्व

हिंसालाई बढावा दिएको भन्दै ट्विटरले लुकायो ट्रम्पको ट्विट

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार १७:५१:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक ट्विट ट्विटरले हाइड गरेको (लुकाएको) छ। उक्त ट्विटले हिंसाको प्रशंसा या हिंसालाई बढावा दिएको आरोपमा ट्विटरले ट्विटलाई लुकाएको हो।

अमेरिकाको मिनेसोटामा एक कालो मानिसलाई गोरो प्रहरीले मुख भुइँमा च्यापेर हत्या गरेको घटनाको विरोधमा प्रदर्शन गरिरहेका मिनियापोलिसका मानिसहरूलाई चेतावनी दिँदै ट्रम्पले ट्विट गरेका थिए।

उनले ट्विट गर्दै ‘जब लुटिङ सुरु हुन्छ, तब सुटिङ सुरु हुन्छ’ भनेका छन्। ट्रम्पले सन् १९६७ मा मियामी प्रहरी प्रमुख वाटर हेड्लीले प्रदर्शनकर्ताविरुद्ध लागू गरेको कारबाही प्रक्रियाझैँ प्रदर्शनकारीहरूविरुद्ध कारबाही गरिने कुरा ट्रम्पले ट्विटमा जनाएका छन्।

वाटर हेड्लीले प्रदर्शनकारीहरूलाई प्रकाउ गरेर कारबाही गर्न सक्ने नीति अपनाएका थिए। स्टप एन्ड फ्रिस्क नाम दिइएको यो नीतिले विनाकारण नै मानिसलाई प्रकाउ गर्न अनुमति दिन्छ।

ट्रम्पले ट्विट गरेको दुई घन्टापछि ट्विटरले ‘हिंसा भड्काउने किसिमले आफ्नो नीतिहरू उल्लंघन गरेको’ भन्दै ट्विटलाई लुकाएको हो।
यद्यपि डिलिट भने गरेका छैन। ट्विटरले लेखेको जानकारीमा क्लिक गर्दा ट्रम्पले लेखेको ट्विट पढ्न सकिन्छ।

सोझै ट्रम्पको ट्विटरमा गएर ट्विट हेर्न खोज्दा ‘यो ट्विटले हिंसाको प्रशंसा गर्दै नीति उल्लंघन गरेको, जनचाहनाका लागि पहुँचमा छ’ भनेर लेखेको देखिन्छ। त्यसमा क्लिक गरेपछि मात्रै ट्रम्पले लेखेको देख्न सकिन्छ।

ट्रम्पको यसअघि एउटा ट्विटमा ट्विटरले सावधानी लेवल राखेकाे थियाे । मतपत्रहरूमा जालसाजी हुने भन्दै गरेकाे ट्विटकाे तथ्य पुष्टि गर्न भनेर ट्विटरले सावधानी राखेकाे हाे ।

ट्रम्प र ट्विटबीचकाे विवाद बढ्दै जाँदा ट्रम्पले सामाजिक सञ्जालहरूमाथि नियन्त्रण गर्न सक्ने किसिमकाे एक आदेशमा हस्ताक्षर समेत गरेका छन् । उनले ट्विटर बन्द गरिदिने धम्कीसमेत दिएका छन् ।