१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १६:४१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

काेराेना मिटर : नेपालमा १२ सय १२ संक्रमित, मृत्यु हुनेको संख्या ६ पुग्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १६:४१:००

कोरोना संक्रमितको संख्या शुक्रबार एक सय ७० थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजको थपसमेत नेपालमा संक्रमित हुनेको संख्या एक हजार दुई सय १२ पुगेको जानकारी दिए ।

डा. देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा एक सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एक सय ७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । संक्रमितमध्ये एक सय नौजना महिला र बाँकी पुरुष छन् । यस्तै, कोरोना संक्रमणमुक्त हुने दुई सय ६ पुगेको डा. देवकोटाको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । डा.  देवकोटाले भारतबाट नेपाल आउने क्रममा १० जेठमा मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय युवाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका हुन् । उनको ११ जेठमा नमुना संकलन गरिएको र शुक्रबार रिपाेर्ट आएको जनाए ।

डा. देवकोटाका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनाको कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये झापा कचनकवलका २४ जना १८ देखि ४१ वर्षका पुरुष छन् । यस्तै झापाकै तयारीभिट्टाका तीन जना २४ देखि ५४ वर्षका पुरुष छन् ।
धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी राजविराजका चार जनामा पोजेटिभ देखिएको छ । उनीहरु २० देखि २६ वर्षका पुरुष छन् । यस्तै झापा भद्रपुरका एक ३४ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस प्रयोगशालामा पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये बारा प्रचौतास्थित क्वारेन्टाइनमा रहेका चार जना, पर्सा पोखरीयाका चार जना र पर्साकै जिराभवानीका एक जना छन् । 
पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनालाई पोजेटिभ देखिएको छ । जो सर्लाहीका बासिन्दा हुन् । हाल उनको पाटन अस्पतालमै उपचार भइरहेको छ । गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ । उनी म्याग्दी मालिकाका हुन् । यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनालाई पोजेटिभ देखिएको छ । उनीहरु सबै बाँके डुढुवाका हुन् । 
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनालाई पोजेटिभ देखिएको छ । कपिलवस्तु कपिलवस्तु नगरपालिकाका चार जना, नवरपरासी वर्दघाट सुस्तापूर्व देवचुलीका दुई जना छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले बताए । उनीहरुमध्ये कपिलवस्तु यशोधरा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जना छन् । यस्तै रौतहट राजपुर फरदहवा जनता मावि डुमरीयाको क्वारेन्टाइनमा रहेका ५६ जना छन् । सर्लाही मलंगहवाका चार जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएका छ । 
रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तु गौतम बुद्ध माविको क्वारेन्टाइनमा रहेका १५ जना र रुपन्देही सैनामैनाका एक जना छन् । 
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये दाङ गढवाको दुई जना, कपिलवस्तु विजयनगरका नौ जना छन् ।