Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्रवण थापा सर्लाही
२०७७ जेठ १६ शुक्रबार १५:४६:००
Read Time : < 1 मिनेट
समाचार

जलेर घाइते वृद्धको उपचारको क्रममा मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ जेठ १६ शुक्रबार १५:४६:००

सर्लाहीको हरिपूर्वामा आगोले जलेर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

हरिपूर्वा नगरपालिका– ५ निवासी ७० वर्षका रामसुकुल साह गत आइतबार बिँडी सल्काउने क्रममा आगोमा जलेर घाइते भएका थिए । घाइते वृद्धलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुऱ्याइएको थियो । वृद्धको उपचारको क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।

बिँडी सल्काउने क्रममा कपडामा सल्किएको आगोले साहकाे शरीरसमेत जलेपछि गम्भीर घाइते भएका थिए । उनलाई परिवारले तत्काल उद्धार गरेर अस्पताल पुऱ्याएका थिए । साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।