मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १५:४०:००
Read Time : < 1 मिनेट
समाचार

रुकुम घटनाको छानबिन गर्न माग गर्दै दलित पत्रकार संघद्वारा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १५:४०:००

रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

रुकुममा भएको अमानवीय घटनालगायत देशभर दलित समुदायमाथि घटेका घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौंमा माइतीघर मण्डलासहित देशभर विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ । संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताए ।

यति ठूलो घटना हुँदा पनि राज्य अँध्यारोमा मौन बसेको भन्दै संघले क्यान्डिल बालेर विरोध प्रदर्शन गरेको छ । जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारबाही गरी कम्तीमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यबद्धता जनाउन देशभर विरोधका कार्यक्रम गरिएको उनको भनाइ छ ।

रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म पाँचजनाको शव भेटिएको  छ । घटनाको प्रतीकात्मक रूपमा प्रदर्शनमा सहभागीमध्ये पाँचजनाले सेतो कपडा बेरेका थिए । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरूलाई सहिद घोषणा गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।