Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १६ शुक्रबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार

मनाङ जिल्ला अस्पतालमै छैन सघन उपचार कक्ष

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार १४:५२:००

गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेस्थित जिल्ला अस्पतालमा सघन उपचार कक्ष नहुँदा समस्या भएको छ ।

अस्पताल आएका बिरामीलाई आइसियूमा बस्नुपर्ने अवस्थामा लमजुङ, काठमाडौं, पोखरा, चितवनलगायत विभिन्न स्थानमा रेफर गरिँदै आएको अस्पतालका मेडिकल अफिसर डा. प्रतीक न्यौपानेले बताए । अस्पतालमा आइसियू नभएका कारण प्रत्येक महिना दुईदेखि तीनजनाको रेफर हुँदै आएको उनको भनाइ छ ।

‘अस्पतालमा आइसियू आवश्यक भए पनि व्यवस्था नहुँदा बिरामीलाई समस्या भएको छ,’ डा. न्यौपानेले भने, ‘अब केही महिनाभित्रै अस्पतालमा आइसियू सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।’ देशभर कोरोना संक्रमण फैलँदै जाँदा तत्काल आइसियू आवश्यक देखिएको उनले बताए ।