१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ १६ शुक्रबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार

रतुवा मारेको आरोपमा दशजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार १४:४६:००

सल्यानमा रतुवा मारेको आरोपमा प्रहरीले दशजनालाई पक्राउ गरेको छ । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– ७ संग्रही खोलामा जंगली जनावर रतुवा मारेको गोप्य सूचनाका आधारमा मासु बाँडफाँड गर्दै गरेका दशजनालाई पक्राउ गरिएको हो । 

पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज लम्साल शर्माले जानकारी दिए । 

रतुवाको मासु बाँडफाँड गर्दै गर्दा वन कार्यालय र प्रहरीको टोलीले दशजनालाई पक्राउ गरेको उनले जानकारी दिए । 

पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका– ७ का प्रेम रोका, गिमबहादुर थापा, रुद्रबहादुर वली, हेमराज वली, लुटबहादुर बस्नेत, जितबहादुर बस्नेत, डम्बर वली, नरबहादुर वली, बेलाराम विक र खड्क खड्का रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई अनुसन्धानपछि दोषी पाइए उनीहरूमाथि मुद्दा चलाइने जनाइएको छ ।