मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १६ शुक्रबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउन खोज्दा राैतहटमा प्रहरी र स्थानीयबीच झडप

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार १३:११:००

कोरोना संक्रमित दुईजना व्यक्ति आइसोलेसनमा लैजान गएका प्रहरी, चिकित्सक टोली र स्थानीयबीच शुक्रबार रौटहटमा झडप भएको छ । 

ईशनाथ नगरपालिका– ७ जोकाहमा प्रहरी र स्थानीयबीच झडप भएको हो । 

ईशनाथ नगरपालिकामा रहेका दुईजना कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र चिकित्सक टोलीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको थियाे । 

नगरपालिकाभित्रै आइसोलेसन कक्ष बनाएर राख्न माग गर्दै स्थानीयले विरोध गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गरेको छ । 

राैतहटका प्रहरी उपरीक्षक रविराज खड्काले स्थानीयले बाधाविराेध गरेपछि बल प्रयाेग गर्नुपरेकाे बताए । 'पाँच राउन्ड हवाई फायर गर्नुपऱ्यो,' खड्काले भने, 'अहिले स्थिति नियन्त्रणमा छ । अहिले संक्रमित लिन एम्बुलेन्स पठाएका छाैँ ।' 

झडपका क्रममा गाडी तोडफोड भएको र केही व्यक्तिसमेत घाइते भएका छन् । स्थानीयले ढुंगा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएकाे छ । आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोडसमेत गरेका छन् ।

कोरोना संक्रमितलाई मध्यक्षेत्रीय प्रहरी आवासीय विद्यालय गरुडामा स्थापना गरिएको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि झडप भएको ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले बताए । 

संक्रमित रहेको स्थानबाट करिब २५ किलोमिटरको दूरीमा मध्यक्षेत्रीय प्रहरी आवासीय विद्यालय पर्दछ ।