मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १६ शुक्रबार १२:२८:००
Read Time : > 1 मिनेट
पर्यटन

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले राहत प्याकेज ल्याएको छ : पर्यटनमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १६ शुक्रबार १२:२८:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले बजेटमार्फत सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत र सहुलियतका प्याकजेहरू ल्याएको बताएका छन् । 

१३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरूप राहत र सहुलियतका प्याकेजहरू ल्याएको बताए ।

सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायीहरू उत्साहित भएको उनले विश्वास व्यक्त गरे । 

कोरोना भाइरस (कोभिड– १९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको उनले बताए । 

पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्दै आरोहणको क्षेत्रमा भएका समस्या समाधान र थप रोजगारी सिर्जना गर्ने गरी पर्यटन ऐन ल्याउन लागिएको उनले जानकारी दिए । पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठानको अवधारणाअनुरूप पर्यटन विश्व विद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको उनको भनाइ थियो । 

नेपाली पर्यटन पुनरुत्थानको प्रेरणा स्रोत भएकाले सगरमाथाको सरसफाइ र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने उनले बताए । सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तव्यका रूपमा रहने विश्वास उनले व्यक्त गरे ।

सन् १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सफल आरोहण गरेको दिन पारेर सन् २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । सन् १९५३ देखि सन् २०१९ को अन्त्यसम्म कुल ६ हजार पाँच सय एकजनाले सगरमाथाको सफल आरोहण गरेका छन् । त्यसमध्ये तीन हजार चार सय ७८ जना नेपाली नागरिक रहेका छन् । यो अवधिसम्म नेपालले विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त गरेको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ ।