मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ १६ शुक्रबार ११:४१:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरकी महिला जनप्रतिनिधिले सात दिनमै जितिन् कोरोना

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार ११:४१:००

कोरोना संक्रमित भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि एक हप्तामै डिस्चार्ज भएकी छिन् ।

भक्तपुर नगरपालिकाकी ४२ वर्षीया महिला जनप्रतिनिधिलाई ९ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । दोस्राेपटक गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको वडाध्यक्ष रवीन्द्र ज्याख्यले जानकारी दिए । 

भक्तपुरमा अहिलेसम्म चारजनामा संक्रमण देखिएको छ । संक्रमण भित्रिएकाले सतर्कता उच्च बनाइएको मेयर सुनिल प्रजापतिले बताए ।